चिसोबाट नागरिकलाई बचाउन भन्दै केन्द्रद्वारा ध्यानाकर्षण


चिसोबाट नागरिकलाई बचाउन भन्दै केन्द्रद्वारा ध्यानाकर्षण

नेपालगन्ज : पछिल्लो समय नेपालगन्ज लगायत आसपासको क्षेत्रमा ह्वात्तै चिसो बढेकोछ । चिसोका कारण यसक्षेत्रको दैनिकी प्रभावित बन्दा सम्बद्ध सरोकारवालाले चासो ब्यक्त गरेका छन् ।

दिनहुँ बढ्दै गएको चिसो र शीतलहरले यस क्षेत्रका विद्यालय, दैनिक मजदूरी गर्ने श्रमिक, बालबालिका तथा जेष्ठ नागरिक, असाहय तथा गरिबहरु बढी प्रभावित भएपछि यसबाट बच्न र पूर्व तयारी गर्न सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

बाँकेमा चिसो तथा शितलहरबाट बच्ने उपाय तथा पुर्व तयारी र योजना बनाउन भन्दै केन्द्रले प्रशासनको ध्यानकार्षण गराएको हो ।

केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी नेतृत्वको नागरिक अगुवाहरुको टोलीले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गलाई उक्त ध्यानाकर्षण पत्र प्रदान गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

चिसोबाट बच्ने उपाय तथा व्यवस्थापन र आमनागरिकको जिवन रक्षाका लागि तयारी तथा कार्यक्रम, विभिन्न सरोकारवाला निकायले चिसो तथा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका विषयमा प्रत्येक गाउँ, टोल र घर–घरमा गई जनचेतना फैलाउने कार्य, प्रत्येक टोलटोलमा काठ दाउराको व्यवस्थापन, उपभोक्ता तथा आम नागरिकका लागि तत्काल तातो खानेपानीको उचित व्यवस्थापन, लगायत ६ बुंदे ध्यानाकषर्ण पत्र बुझाइएको हो ।