बाँसगढी(बर्दिया) : भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले बर्दियाको बाँसगढीमा उपशाखा विस्तार गरेको छ । बाँसगढीमा बुधबार बसेको युवाहरुको भेलाले राज सिंह थारुको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरेको छ ।
यसरी गठित उपशाखाको उपाध्यक्षमा पुनम थापा, सचिवमा सृजना सुवेदी, सह–सचिवमा हिना जागा र कोषाध्यक्षमा सरस्वती अधिकारीलाई चयन गरेको छ ।
यसैगरी उपशाखाको सदस्यहरुमा क्रमशः हिरामणी उपाध्याय, सुरेन्द्र थारु, राधिका अधिकारी, पुजा अधिकारी, निशा शाह र प्रकाश बिक रहेका छन् ।
उपशाखा गठन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, महासचिव शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितीमा रहेको थियो ।
नवगठित उपशाखा अध्यक्ष थारुले बाँसगढीमा युवाहरुलाई एकताबद्ध गरि भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी