मेडिकल कलेजमा ब्रोनकोस्कोपी सेवा पुनः सुरु


मेडिकल कलेजमा ब्रोनकोस्कोपी सेवा पुनः सुरु

नेपालगन्ज : कोभिड– १९ का कारण लामो समयदेखि प्रभावित बनेको ब्रोनोस्कोपी सेवा पुनः ञ्चालनमा आएकोछ ।

नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा ब्रोनोस्कोपी पुनः सञ्चालनमा आउको हो ।

कलेजका बरिष्ठ फिजिसियन तथा पल्मोनोलोजिष्ट डाक्टर सुभाष योगीका अनुसार एक हप्तादेखि पीसिआर नेगेटिभ आएका बिरामीहरुलाई नियमित सेवा दिइरहेको बताए ।

टाढाबाट उपचार गर्न आएका बिरामीहरुलाई त्यत्तिकै फर्काउन मनले नमानेपछि स्वास्थ्य सम्बन्धिको सर्तकता अपनाउँदै सेवा पुनः सुचारु गरिएको डाक्टर योगीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ब्रोनकोस्कोपी मार्फत फोक्सो सम्बन्धी सम्पूर्ण जाँच, दूरबीन प्रविधिबाट फोक्सो भित्र जमेको खकार, निमोनिया, क्षयरोग (टीबी), खकारमा आउने रगत, फोक्सोको क्यान्सर तथा फोक्सो सम्बन्धी अन्य रोगका बारेमा सजिलै पत्ता लगाउन सकिन्छ ।