नेपालगन्ज : नेपालमा थप ७७६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएकोछ ।
मन्त्रालया अनुसार बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।
नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पीसिआर परीक्षण भएको छ । हाल क्वारेन्टिनमा ४४४ जना मात्र रहदाँ हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयाले जनाएकोछ ।
यस्तै मन्त्रालयका अनुसार बिहीबार ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।