File Photo
नेपालगन्ज : विदेशबाट नेपाल आउने ब्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बैठकले यस्तो निर्ण गरेको हो ।
यसअघि संक्रमण पुष्टि भएका व्यक्तिहरू कम्तिमा दुई साता आइसोलेसन बस्नुपर्ने भनिएको थियो । सो अवधिलाई घटाएर मन्त्रालयले १० दिन बनाएको हो । यो नियम लागू गराउन मन्त्रालयले सबै निकायलाई अपील गरेको छ ।
यो निर्णयसंगै अब नेपाल प्रवेश गर्ने व्यक्तिले कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ । त्यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ । त्यसका लागि सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्थानीय सरकारलाई यसका लागि जिम्मेवारी दिदै अब त्यस्ता व्यक्तिहरू क्वारेन्टिनमा बसेको/नबसेको सम्बन्धि स्थानीय तहले नै निगरानी गर्नुपर्ने हुन्छ ।
मन्त्रालयका अनुसार अहिले स्थानीय तहको टोल स्तरमा निगरानी समूह गठन गर्ने काम भइरहेको छ ।