नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जना कोरोना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको मन्त्रालयले जनाएकोछ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । योसंगै नेपालमा हालसम्म १८ लाख ६१ हजार ४ सय ३० जनाको पीसिआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर क्वारेन्टिनमा ४ सय २७ जना रहेकाछन् । भने नेपालमा कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट थप एक हजार २९ जना कोरोना संक्रमित निको भएकाछन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएकोछ ।