डुडुवामा बन्ध्याकरण शिविर


डुडुवामा बन्ध्याकरण शिविर

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा बन्ध्याकरण शिविर सञ्चालन भईरहेको छ । उक्त शिविरमा पुरुषलाई स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ तथा महिलाका लागि स्थायी बन्ध्याकरण ‘मिनील्याप’ सेवा प्रदान गरिएको नेपाल परिवार नियोजन संघले बताएको छ ।

शिविरमा आवश्यक विशेषज्ञ चिकित्सक तथा प्राविधिक उपलब्ध गराइएको र शनिबार साँझसम्म पुरूष÷ महिला गरी २१ जनाले बन्ध्याकरण गरेको संघका कर्मचारी जुना पौडेलले बताईन् । उनकाअनुसार शुक्र र शनिबार दर्ता हुन आएका २१ जनामध्ये शनिबारसम्म १५ जनाले बन्ध्याकरण गरिसकेका छन् । बाँकीको क्रमश बन्ध्याकरण हुँदै जानेछ ।

Kanti Aarogya Hospital Nepalgunj

तथ्याकं अनुसार शनिबार एक जना पुरूष, १४ जना महिलाले बन्ध्याकरण गरेका छन् । शुक्रबार भने ६ जना महिलाले बन्ध्याकरण गरेका थिए । शुक्रबारदेखि भएको शिविर आगामी चैत्र पाँच गतेसम्म चल्ने पौडेलले बताईन् । उक्त शिविर सञ्चालनका लागि डुडुवा गाउँपालिका र बेतहनी स्वास्थ्य चौकीले पनि आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

चैत्र पाँच गतेसम्म यस क्षेत्रका एक सयबढी नागरिकले बन्ध्याकरणलगायतको सेवा लिने अपेक्षा गरिएको छ । हिरमिनीयाबाट शुरू भएको शिविर २८ गते कोहलपुरमा, २९ गते वनकटवामा हुनेछ । यसैगरी चैत्र एक गते खजुरामा, वैजापुरमा चैत्र तीन, फतेपुरमा चैत्र चार र नेपालगन्जस्थित संघको कार्यालयमा चेत्र पाँच गते शिविरको आयोजना गरिएको पौडेलले जानकारी दिईन् ।