नेपालगन्ज : बाँकेमा उपचाररत थप एक कोरोना संक्रमित विरामीको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा आई उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर १०, निवासी ७२ वर्षिय बृद्धको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आई गत मंसिर २५ गते कोरोना भाइरस संक्रमणको आशंकामा पीसिआर जाँच गराएका ती बृद्धको भोलीपल्ट आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।
कोरोना पोजेटिभ पाइएका ती बृद्धको थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याई उपचार गरिएको थियो । उपचारका क्रममा अक्सिजन थेरापी, अन्टिबायोटिससंगै रेमडिसिभर लगाएत सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि हिजो शुक्रबार राती ८ः२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन मानव नेपालीले जानकारी दिए ।
विरामीको स्वास्थ्यमा सुधार नहुदाँ दुवै फोक्सोको निमोनियाका कारण मृत्यु भएको हो । नेपालीका अनुसार योसंगै बर्दिया जिल्लामा मात्रै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेकोछ ।