१२ जनाको मृत्यु हुदाँ ७१० संक्रमित थपिए


१२ जनाको मृत्यु हुदाँ ७१० संक्रमित थपिए

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाय अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय १० जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएकोछ ।

४ हजार ७ सय ८० जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएकोछ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १८ लाख ६६ हजार २ सय १० पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार मात्र एक हजार एक सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८४० जना आइसोलेसनमा छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ८४० छ । हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन् ।