कृपा हस्पिटलले आफ्नो सेवा शुरु गर्यो


कृपा हस्पिटलले आफ्नो सेवा शुरु गर्यो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१०, आर्दशनगरमा कृपा हस्पिटल प्रालि सञ्चालनमा आएको छ । नीजि लगानीमा निर्मित कृपा अस्पतालले शनिबारबाट आफ्नो सेवा शुरु गरेको हो ।

दुईजना डाक्टरहरुको लगानीमा अस्पताल सञ्चालनमा आएको छ । युरोलोजिस्ट डाक्टर प्रविनकुमार गुप्ता र हाडजोर्नी विशेषज्ञ डाक्टर राहुल मिश्रले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

शनिबार एक कार्यक्रमकाबीच अस्पतालका डाक्टर गुप्ताका छोरा मारुत गुप्ता र डाक्टर मिश्रका छोरी प्रियुल मिश्रले संयुक्त रुपमा औपचारिक रुपमा उद्घाटन गरे ।

एउटै छानामुनि सबै सुविधाहरु नहुँदा विरामीहरु अलमलमा परिरहेको भन्दै त्यो समस्याको अन्त्य गर्न सर्जरी सेन्टरको कन्सेप्टका साथ अस्पताल सञ्चालनमा ल्याईएको सञ्चालक डाक्टर गुप्ताले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा हाल जनरल सर्जरी, युरोलोजी, इन्डो युरोलोजि, अन्को सर्जरी लगायतको परामर्श सेवा शुरु गरिएको छ । हाडजोर्नी समस्याको विशेषज्ञ सेवा समेत अस्पतालमा शुरु गरिएको सञ्चालक डाक्टर गुप्ताले जानकारी दिए ।

ओपीडी, ल्याब सेवा र फार्मेसी सेवा शुरु गरेको अस्पतालले अबको छ महिना भित्र सर्जरी सेवा समेत शुरु गर्ने लक्ष्य लिएको अर्का सञ्चालक डाक्टर मिश्रले बताए ।