५८८ जनामा संक्रमित थपिँदा थप ११ को मृत्यु


५८८ जनामा संक्रमित थपिँदा थप ११ को मृत्यु

नेपालगन्ज : पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार आईतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको छ भने हाल ४ सय २१ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ९७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।