६३५१ जनाको पीसिआर परीक्षण गर्दा ७४२ संक्रमित थपिए


६३५१ जनाको पीसिआर परीक्षण गर्दा ७४२ संक्रमित थपिए

नेपालगन्ज : नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पीसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ ।

नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।