नेपालगन्ज : नेपाल स्काउटले लुम्बिनी प्रदेशमा विभिन्न सामाजिक अभियानमा आफुलाई सक्रिय पारेको छ । सामाजिक गतिविधिमा सक्रिय भएसंगै स्काउटका बारेमा आमनागरिकले अपनत्व महसुस गरेका छन् ।
कोरोना महामारीबाट आमनागरिकलाई सचेत र सजग बनाउनका लागि गाउँ–गाउँमा पुगेर सचेतना अभियान सञ्चालन गरिरहेको स्काउट प्रदेश सदस्य गणेश भण्डारी बताउँछन् ।
उनका अनुसार नेपालगन्जका विभिन्न ठाउँमा सचेतना अभियान सञ्चलन गरिसकेको स्काउटले सोमबार खजुराका बिभिन्न ठाउँमा पुगेर कोरोनाबाट जोगिने ३ मुख्य उपायहरु एसएमएसका बारेमा जानकारी गराएको छ । यो अभियानलाई निरन्तरता दिने प्रदेश सदस्य भण्डारी बताँछन् ।