नेपालगन्ज : नेपालमा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार जनाको पीसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।