नेपालगन्ज : कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकोछ ।
प्राधिकरणले एयरलाइन्सहरुलाई यस्तो निर्देशन दिएको हो ।
यो निर्देशन बुधबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।