थप ५ जनाको मृत्यु, मृतक संख्या १८०३ पुग्यो
नेपालगन्ज : नेपालमा थप ७ सय ४३ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएकोछ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ५९ जनाको पीसिआर परीक्षण गर्दा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएका कुल कोरोना संक्रमित ब्यक्तिसंगै नेपालमा कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार हालसम्म देशभर पीसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट थप ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोना भाइरस संक्रमणबाट थप ५ जना संक्रमित ब्यक्तिको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५ सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।