नेपालगन्ज आउँदा निरुतालाई डेंगु


नेपालगन्ज आउँदा निरुतालाई डेंगु

नेपालगन्ज : केही समय अघि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगन्ज आएकी नायिक निरुता सिहंलाई डेंगु भएको बुझिएको छ ।
लामो समयदेखि रुघा र खोकीले ग्रष्त निरुता मुम्बई फर्किएपछि डेंगु भएको पत्ता लागेको हो ।

पछिल्लो समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी हुदाँ उपचारका लागि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । उनको यतिवेला मुम्बइमा उपचार भैरहेको छ । निरुताले आफू अहिले उपचारको क्रममा रहेको र आफूलाई निकै डर लागेको बुझिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

निरुताले चलचित्र ‘दाल भात तरकारी’को छायांकनको क्रममा पनि आफूलाई निकै जाडो भएको बताउने गरेको निर्माता किरण केसी बताउँछन् । निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ आगामी बैशाख १३ गतेबाट रिलिज हुँदैछ ।