नेपालगन्ज : नेपालमा थप ६ सय १३ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १० जनाको पीसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ ।
बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ सय जना क्वारेन्टिनमा छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ ।