बर्दियाका ५८ वर्षिय पुरुषको भेरीमा मृत्यु


बर्दियाका ५८ वर्षिय पुरुषको भेरीमा मृत्यु

नेपालगन्ज : भेरीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएकोछ ।

गुलरिया नगरपालिका–८ लक्ष्मण टोल, बर्दिया निवासी ५८ वर्षिय पुरुषको बिहीबार दिउँसो १२ः५० बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएकोछ । योसंगै बर्दियामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पुष ७ गते स्वास्थ्यमा समस्या आइ स्वाब जाँच गर्दा ८ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएसगैं थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ती पुरुषको रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, अन्टिबायोटिस र प्लाज्मा थेरापीबाट उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि निमोनिया भइ उनको उपचारका क्रममा मृत्यु भएको हो ।