नेपालगन्ज : देशभर पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ । भने ८९२ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएकोछ । योसंगै हालसम्म कुल एक हजार ८ सय १६ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय ४२ जनाको परीक्षण गरिएकोछ ।
शुक्रबार देशभर संक्रमित थपिनेमा प्रदेश १ को इलाममा ३ जना, उदयपुरमा एकजना, झापामा १४ जना, भोजपुरमा २ जना, मोरङमा ११ जना, संखुवासभामा २ जना, सुनसरीमा १० जना र सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश २ को धनुषामा ४ जना, पर्सामा एकजना र बारामा ३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
यस्तै मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र २१२ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि काभ्रेमा ४ जना, चितवनमा १८ जना, दोलखामा ५ जना, धादिङमा ५ जना, नुवाकोटमा १३ जना, भक्तपुरमा २० जना, मकवानपुरमा ५ जना, रामेछापमा २ जना, ललितपुरमा ४७ जना, सिन्धुपाल्चोकमा २ जना र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८ जना, गोरखामा २ जना, तनहुँमा ३ जना, नवलपरासी पूर्वमा ८ जना, पर्वतमा एकजना र स्याङ्जामा २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरि लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४ जना, गुल्मीमा २ जना, दाङमा १० जना, नवलपरासीमा २ जना, पाल्पामा ५ जना, प्युठानमा २ जना, बर्दियामा ४ जना, बाँकेमा १७ जना, रुपन्देहीमा ३५ जना र रोल्पामा एकजनामा कोरोना पाइएको छ ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा एकजना, जाजरकोटमा एकजना, जुम्लामा ३ जना, डोल्पामा ४ जना, दैलेखमा २ जना, सल्यानमा एकजना र सुर्खेतमा १० जनामा कोरोना भेटिएको छ ।
यसैगरि सुदूरपश्चिम प्रदेशको अछाममा १२ जना, कञ्चनपुरमा १७ जना, कैलालीमा ३३ जना, डडेल्धुरामा २ जना, डोटीमा ४ जना, दार्चुलामा एकजना र बझाङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।