नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार बाँकेमा १५ महिला सहित थप २२ जनामा कोरोना संक्रमण देखिएकोछ ।
यसरी कोरोना संक्रमण देखिने भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ५ महिला र ५ पुरुष सहित १० जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालालबाट २ पुरुष र १० महिला सहित १२ जना गरि थप २२ जनामा कोरोना संक्रमण पाइएको हो ।
केन्द्रका अनुसारा शुक्रबार थपिएका २२ जना कोरोना संक्रमितसंगै बाँकेको कुल कोरोना संक्रमित संख्या ४ हजार ३ सय ३८ पुगेको छ । जसमा १ हजार ४ सय ९८ महिला र २ हजार ८ सय ४० पुरुष रहेकाछन् ।
यस्तै शुक्रबार बाँकेका थप १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसंगै बाँकेका ४ हजार १ सय ५९ जनाले कोरोना जितेकाछन् । यसरी कोरोना जित्नेमा एक हजार ४ सय २५ जना महिला र २ हजार ७ सय ३४ जना पुरुष रहेकाछन् ।
केन्द्रका अनुसार हालसम्म बाँकेका १५ महिला र २८ पुरुष सहित ४३ जनाको मृत्यु भएको छ । भने १६ महिला र ५९ पुरुष सहित जिल्ला बाहिरका ७५ जनाको मृत्यु भएकोछ । हालसम्म बाँकेमा १३६ जना उपचाररत रहेकाछन् ।