५०० संक्रमित थपिँदा ८४० जनाले कोरोना जिते


५०० संक्रमित थपिँदा ८४० जनाले कोरोना जिते

नेपालगन्ज : नेपालमा थप ५ सय जना कोरोना संक्रमण पाइएकोछ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको पीसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका कोरोना संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ । भने हाल ३६९ सय जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८४० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ ।