बर्दियामा हालसम्म १८ जनाको मृत्यु, ३६ जना सक्रिय संक्रमित


बर्दियामा हालसम्म १८ जनाको मृत्यु, ३६ जना सक्रिय संक्रमित

बर्दिया : कोभिड–१९ कोरोना भाइरसका कारण बर्दियामा हालसम्म १८ जना मानिसको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित बर्दियाका ३ जना महिला र १५ जना पुरुष गरि १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

स्वाथ्य कार्यालय बर्दियाका अनुसार हालसम्म १४ हजार ६ सय ७० जनाको स्वा परीक्षण गरिएको छ । जसमध्ये ९ सय ८० जना पुरुष र ४ सय २१ जना महिला गरी एक हजार ४ सय १ जनामा कोरोना भाइरस सक्रंमण पाइएकोछ ।

संक्रमित पाइएका मध्ये ९ सय २६ पुरुष र ३ सय ८७ जना महिला गरी जम्मा एक हजार ३ सय १३ जनाले कोरोना जितोका छन् । भने उपचारका क्रममा १८ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये २९ वर्ष देखि ७८ वर्ष सम्मका संक्रमित रहेकोे स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गीरीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार हाल बर्दियामा १५ जना महिला र २१ जना पुरुष गरि ३६ जना सक्रिय सक्रमित रहेका छन् । जस मध्ये ३५ जना होम आइसोलेसनमा रहेका छन् भने एक जना कोरोना अस्थायी अस्पतालमा रहेका छन् ।