कल सेन्टर प्रयोगविहीन


कल सेन्टर प्रयोगविहीन

नेपालगन्ज : तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्ष बर्षमै प्रयोगविहीन भएको हो । कृषि कार्यालय प्रदेश मातहतमा परिणात भई किसान ज्ञान केन्द्र भएका भएपछि उक्त कल सेन्टर प्रयोगमा आउन नसकेको हो ।

किसानको आवाज रेकर्डिङ सहित, किसानले चाहेको समयमा जिज्ञासाको समाधान गर्न एक जना कृषि अधिकृत, एक जना प्राविधिक सहायकको व्यवस्था गरिएको थियो । जसमा एक जना तत्कालिन जिल्ला कृषि विकास कार्यालयले करारमा लिएर राख्न सक्ने पनि व्यवस्था थियो ।

Kanti Aarogya Hospital Nepalgunj

विश्व बैंकको सहयोगमा सञ्चालनमा आएका किसान कल सेन्टरहरू अहिले बन्द भएका छन । किसान र कृषि व्यवसायीका बाली, पशुवस्तुका समस्याहरूलाई आधुनिक सञ्चार माध्यमको प्रयोगमार्फत विज्ञबाट समाधान गर्ने, सूचना प्रवाहमा भौगोलिक विकटताले पारेको असरलाई न्यूनीकरण गरी न्यायपूर्ण सेवा प्रवाह प्रणाली स्थापना गर्ने उद्देश्यका साथ किसान कल सेन्टर सञ्चालनमा ल्याइएको थियो । व्यवसायिक कृषि, उत्पादन, बजारीकरण र रोगको विषयमा आउने समस्याको समाधान गर्ने उद्देश्य सहित यो ल्याइएको थियो ।