बाँकेको कोहलपुरमा ७३ वर्षिय पुरुषको मृत्यु


बाँकेको कोहलपुरमा ७३ वर्षिय पुरुषको मृत्यु

नेपालगन्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत सुर्खेतका ७३ वर्षिय पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार लेकबेसी –९ सुर्खेतका ७३ वर्षिय पुरुषको आज (मङ्गलबार) बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि पुष १२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका ती ब्यक्तिको पीसिआर परीक्षण गर्दा पुस १३ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएका ती पुरुषको अस्पतालको कोरोना विशेष वार्डमा राखी रोगको प्रकृति अनुसार सम्र्पूण पद्धती अपनाउदा पनि उनको स्वास्थ्यमा सुधार नभएपछि आज बिहान ४ः३० बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका ७६ जनाले ज्यान गुमाइसकेकाछन् ।