नेपालगन्ज : नेपालमा थप ७ सय ८ जना कोरोना संक्रमण पाइएकोछ । योसँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाको पीसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६५ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा देशरभबारबाट ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।