नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६० हजार नाघ्यो


नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६० हजार नाघ्यो

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय जना निको भएका छन् । नेपालमा निको हुनेको कुल संख्या २ लाख ५१ हजार ९ सय १२ रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट नेपालमा १८ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल ६३ सय जना संक्रमित आइसोलेसनमा छन् भने ३६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।