९ जनाको मृत्यु हुदाँ ५३४ संक्रमित थपिए


९ जनाको मृत्यु हुदाँ ५३४ संक्रमित थपिए

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार ८ सय ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण गर्दा थप ५ सय ३४ जनामा कोरोना पोजेटिभ पाइएको छ । योसंगै नेपालमा बिहीबार बेलुकासम्म कुल संक्रमितको संख्या दुई लाख ६० हजार ५ सय ९३ जना पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ४ सय ४७ जनाले कोरोना जितेका छन् । यसरी कोरोना जित्नेको संख्या दुई लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर क्वारेन्टिनमा ३ सय ६२ जना रहेकाछन् भने ६ हजार ३ सय ७८ जना आइसोलेसनमा रहेको छन् ।