बाँकेका ८ पुरुष सहित थप १२ जनामा कोरोना पुष्टि


बाँकेका ८ पुरुष सहित थप १२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका ८ पुरुष सहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ३ महिला र ६ पुरुष गरि ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट एक/एक महिला र पुरुष गरि २ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट एक जना पुरुष सहित थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसगैं बाँके जिल्लामा जम्मा कोरोना संक्रमित संख्या ४ हजार ४०३ पुगेकोछ । जसमा एक हजार ५ सय २० महिला र २ हजार ८ सय ८३ जना पुरुष रहेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा बाँकेका थप ९ जना संक्रमितले कोरोना जितेका छन् । यसरी बाँकेका एक हजार ४ सय ५२ महिला र २ हजार ७ सय ७४ जना पुरुष गरि कुल ४ हजार २ सय २६ जनाले कोरोना जितेका छन् ।

योबिच बाँकेका १५ महिला र ३० पुरुष गरि जम्मा ४५ जना तथा बाँकेमा उपचारका लागि आएका १७ महिला र ६० पुरुष गरि बाहिरी जिल्लाका ७७ जनासहित कुल एक सय २२ जनाले ज्यान गुमाएकाछन् । केन्द्रका अनुसार बाँकेका विभिन्न अस्पतालमा एक सय ३२ जना उपचाररत रहेकाछन् ।