नेपालगन्ज : नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र (एनसार्क)ले आफ्नो ३७ औं स्थापना दिवस मनाएकोछ । स्थापना दिवसका अवसरमा एनसार्कको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
एनसार्कका संस्थापक अध्यक्ष डाक्टर जि.राज शाक्यको सभापतित्वमा भएको कार्यक्रममा एसटीडि काउन्सुलर होमनाथ सुवेदी, एआरडी काउन्सुलर ईन्द्र सैनी, पश्चिम तारा नेपालकी परिना चौधरी, संस्थाका सदस्यद्वय शंकरप्रसाद जोशी र रामकोठारी थारु, फिल्ड सुपरभाइजर हरि पौडेल ल्याब असिस्टेण्ड महेसराज अवस्थीलाई सम्मान गरिएको छ ।
यस्तै ल्याब अफ द इयरका रुपमा महेशराज अवस्थी तथा सिबिएस अफ द इयर भरतकुमार खड्का सम्मानित भएकाछन् ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजजंग शाह, अतिथि डाक्टर संकेत रिसाल, नगरस्वास्थ्य प्रमुख रामबहादुर चन्द, सेभ द चिल्ड्रेनका दीपक मल्ल लगायतले शुभकामना दिएका थिए । भने संस्थाका प्रोजेक्ट संयोजक माजिद अलीले संस्थाबाट भएगरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
यौनरोग तथा एड्सका क्षेत्रमा बाँकेमै काम गर्ने एनसार्क पहिलो र पुरानो संस्था हो । हाल बाँकेका ८ र दाङका १० वटै पालिकामा संस्थाले काम गर्दै आएकोछ ।