पछिल्लो २४ घण्टामा ५२२५ पीसिआर परीक्षण, ४२६ संक्रमित थपिए


पछिल्लो २४ घण्टामा ५२२५ पीसिआर परीक्षण, ४२६ संक्रमित थपिए

नेपालगन्ज : नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्यामध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित रहेकाछन् ।

पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ पीसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६७ जना क्वारेन्टिनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा ७ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।