बाँकेमा शुक्रबार ८ जना थपिए


बाँकेमा शुक्रबार ८ जना थपिए

नेपालगन्ज : बाँकेमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा ४ महिला ४ पुरुष गरि जम्मा ८ जना संक्रमित थपिएका हुन् ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट एक जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरबाट २ जना गरि थप ८ जनामा कोरोना पुष्टि भएको हो ।

केन्द्रका अनुसार शुक्रबार बाँकेमा थपिएका कोरोना संक्रमितसंगै कुल कोरोना संक्रमित संख्या ४ हजार ४ सय ११ पुगेकोछ । जसमा एक हजार ५ सय २४ जना महिला र दुई हजार ८ सय ८७ जना पुरुष रहेका छन् ।

बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ९ जना डिस्चार्ज भएकाछन् । योसंगै बाँकेमा कुल निको हुने संक्रमित संख्या ४ हजार २ सय ३५ रहेकाछन् । जसमा एक हजार ४ सय ५७ महिला र २ हजार ७ सय ७८ जना पुरुष रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार हाल बाँकेका १३१ जना सक्रिय संक्रमित रहेकाछन् भने हालसम्म बाँकेका १५ महिला र ३० पुरुष सहित ४५ जना तथा बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १७ महिला र ६० पुरुष गरि ७७ जना सहित १२२ जनाको मृत्यु भएकोछ ।