खजुराका ८८ वर्षिय पुरुषको उपचारका क्रममा निधन, मृतक संख्या ४६ पुग्यो


खजुराका ८८ वर्षिय पुरुषको उपचारका क्रममा निधन, मृतक संख्या ४६ पुग्यो

नेपालगन्ज : बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ८८ वर्षिय कोरोना संक्रमित पुरुषको शनिबार विहान ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

केन्द्रका अनुसार मृत्यु हुनेमा बाँके खजुरा गाउँपालिका वडा नम्बर–७, निवासी ८८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

केन्द्रका सूचना अधिकारी तेज ओलीका अनुसार योसंगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेकोछ । जसमा १५ महिला २१ पुरुष रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्यमा समस्या आएपछि मंसिर ३० गते भेरीमा स्वाव परीक्षण गराएका ती पुरुषको सोही दिन आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएका ती पुरुषको रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि शनिबार विहान उपचारकै क्रममा मृत्यु भएको केन्द्रका सूचना अधिकारी ओलीले जानकारी दिए ।