नेपालगन्जः नेपालमा थप ४ सय १९ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार जनाको पीसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेकोछ ।
देशभर ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित रहँदा हाल ३ सय ६७ जना क्वारेन्टिाइनमा रहेकाछन् ।
गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज हुदाँ नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।