कोरोना पोजेटिभ भएको तीनदिनपछि दाङकी ६५ वर्षिया महिलाको मृत्यु


कोरोना पोजेटिभ भएको तीनदिनपछि दाङकी ६५ वर्षिया महिलाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित ६५ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङको लमही ८ की ६५ वर्षीया महिलाको उपचारका क्रममा आईतबार राती डेढ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज ओलीका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुष १३ गते अस्पताल भर्ना भएकी महिलाको १५ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएकी ती महिलाको रोगको प्रकृतिअनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभइ स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको आईतबार राती मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसंगै बाँकेमा उपचारका लागि आउका बाहिरी जिल्लाका ७८ जना संक्रमितको मृत्यु भइसकेको छ । यसरी बाँकेमा उपचारका लागि आइ मृत्यु भएका सबैभन्दब बढि दाङ र बर्दियाका संक्रमित रहेकाछन् ।