नेपालगन्ज : नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार ६ जना संक्रमितको मृत्यु भएको थियो ।
गत २४ घण्टामा ५ हजार ८ सय जनाको पीसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ । हाल ३ सय ६७ क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका थिए ।