नेपालगन्ज : नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पीसिआर परीक्षण गर्दा ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ ।
सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ४२ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।