पिसाब सम्बन्धी समस्या लिएर अस्पताल जाँदा कोरोनाले लियो ज्यान


पिसाब सम्बन्धी समस्या लिएर अस्पताल जाँदा कोरोनाले लियो ज्यान

नेपालगन्ज : बाँके बैजनाथ गाउँपालिका वडा नम्बर– २ का ७६ वर्षिय बृद्धको कोरोनाबाट मृत्यु भएकोछ । पिसाव सम्बन्धी समस्या लिएर अस्पताल उपचारका लागि गएका ती बृद्धलाई अन्ततः कोरोना संक्रमण भइ मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा पिसाव सम्बन्धी समस्या लिएर उपचारका लागि आएका ७६ वर्षिय बृद्ध यसअघि उपचारपछि घर जानेबेलामा कोरोना भाइरस संक्रमणको आंशकामा स्वाब परीक्षण गरियो ।

भेरी अस्पतालमा उपचारका लागि आएका ती बृद्ध पिसाव सम्बन्धि समस्याको उपचार गरिएको थियो । अस्पतालमा उपचाररत ती बृद्ध पुस १८ गते घर जाने तयारीमा थिए ।

घर जान लाग्दै गर्दा कोरोना भाइरस संक्रमणको आशंकामा उनले पुष १५ गते स्वाब परीक्षण गराए । त्यसको भोलिपल्ट आएको रिर्पोटमा उनलाई कोरोना पुष्टि भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

भोजन नलीको क्यान्सर र पिसाव सम्बन्धि समस्याका कारण अस्पताल आएका ती बिरामी बृद्धमा कोरोना संक्रमण भएको आंशका गरि चिकित्सकले नै स्वाब परीक्षण गर्न लगाएका थिए ।

कोरोना पुष्टि भइ दुई दिन होमआइसोलेशन बसेका उनलाई स्वास्थ्या सम्बन्धि थप जटिलता देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तर, पिसाव सम्बन्धि र भोजन नलीको क्यान्सरका पुराना बिरामी समेत रहेका ती बृद्धको सोमबार अपरान्ह ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

योसगैं बाँकेमा कोरोनबाट मृत्यु हुनेको संख्या ४७ पुगेकोछ ।