स्वास्थ्यमा नयाँ संरचना : अन्तर्राष्ट्रिय अभ्यासअनुरुपको ‘राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ बनाउने प्रस्ताव

१ महानिर्देशक ६ उपमहानिर्देशकसहित १ सय ९५ दरवन्दी


स्वास्थ्यमा नयाँ संरचना : अन्तर्राष्ट्रिय अभ्यासअनुरुपको ‘राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ बनाउने प्रस्ताव

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिबेला पुन नयाँ संगठन संरचनाको बहस चल्न थालेको छ। विगतमा बनाइएका संरचनामा समस्या आएपछि मन्त्रालयले पुन: नयाँ संरचना निर्माणको काम अगाडि बढाएको हो। 

मन्त्रालयको संगठन संरचनासहित यो पटक स्वास्थ्यमा अन्तर्राष्ट्रिय अभ्यासअनुरुपको ‘राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ बनाउने प्रस्ताव समेत गरिएको छ। विगतमा केही समय छलफल चलेको यो केन्द्र यस पटक पनि चर्चामा छ। 

अघिल्लो पटक संरचना बनाउँदा उक्त केन्द्र बनाउने तयारी अघि बढाइएको थियो। तर, स्वास्थ्यकै केही कर्मचारीको दबाबका कारण एकीकृत राष्ट्रिय रोग नियन्त्रण केन्द्र निर्माणको काम रोकिएको थियो। कर्मचारीकै दबाबमा पूरानै संरचनाअनुसार ठूला र भद्दा संरचना बनाउने काम भएको थियो। 

Kanti Aarogya Hospital Nepalgunj

प्रशासनिक संरचना तयार गर्न गठित उच्चस्तरीय पुनर्संरचना समितिको सिफारिसअनुसार सुरुमा विज्ञहरुले देशमा देखापर्ने विभिन्न सर्ने तथा नसर्ने रोग र महामारीको प्रभावकारी नियन्त्रण गर्न अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ जस्तै शक्तिशाली केन्द्र निर्माण बनाउने प्रस्ताव गरेका थिए। 

तर, उक्त केन्द्र बनाउँदा एकजना मात्र निर्देशक हुने विभिन्न महाशाखा र केन्द्रमा रहेका १० जना निर्देशक नै नहुने अवस्था आउने देखिएपछि कार्मचारीले विरोध गरेका थिए।

तर, मन्त्रालयले अहिले बनाएको नयाँ संचनामा पुन: विगतकै झैं शक्तिशाली राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ बनाउने प्रस्ताव गरिएको छ। १२ औं तहका महानिर्देशक रहने उक्त केन्द्रमा ६ जना उपमहानिर्देशक रहने प्रस्ताव छ। 

विभाग खारेज, ३१ वटा दरवन्दी कम हुने
नयाँ संरचना अनुसार हाल रहेको स्वास्थ्य सेवा विभाग खारेज गरेर यो नयाँ केन्द्र बनाउन लागिएको हो। यो केन्द्रमा हाल रहेका विभिन्न महाशाखा र अन्य केन्द्रहरु मर्ज भएर आउने छन्।

रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना भएपछी साविकको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र खारेज हुनेछन। 

साविक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नाम 'शुक्रराज ट्रपिकल, सरुवा रोग तथा अनुसन्धान अस्पताल' हुनेछ। शुक्रराज ट्रपिकल, सरुवा रोग तथा अनुसन्धान अस्पताल र स्वास्थ्य तथा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र दुबैलाई राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र अन्तर्गतराखी रोग अनुसन्धान कार्यलाई विस्तार गर्ने प्रस्ताव गरिएको छ।

हाल स्वास्थ्य सेवा विभागको १२१ जना, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको १६ जना, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र १८ जना, राष्ट्रिय क्षयरोग केन्द्रको ३३ जना, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको ३३ जना र परिवार कल्याण केन्द्र क्षेत्रपाटीको २३ जना गरि जम्मा २ सय २६जना दरबन्दी छ।

नयाँ संगठन बनेपछि उक्त संख्या घटाएर १ सय ९५ बनाइएको छ। प्रस्ताव अनुसार उक्त केन्द्रमा विभिन्न ६६ पदमा १ सय ९५ दरवन्दी रहने छ।

६ महाशाखा
नयाँ संरचना अनुसार ‘राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’मा ६ वटा महाशाखा रहनेछ। यी हुन् प्रस्तावित ६ महाशाखा :
१.नसर्ने रोग नियन्त्रण महाशाखा
२.सक्रामकरोग नियन्त्रण महाशाखा
३.एचआईभी/एड्स, कुष्ठतथायौनयोगनियन्त्र णमहाशाखा
४.क्षयरोग नियन्त्रण महाशाखा
५.स्वास्थ्य तथा बायोमेडिकल तालिम महाशाखा 
६.स्वास्थ्य प्रबर्धन तथा संचार महाशाखा                                                                          -स्वास्थ्यखबरबाट