नेपालगन्ज : नेपालमा नेपालमा ५ सय २२ जना थप कोरोना संक्रमित भेटिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
देशभर मङ्गलबार थपिएका कोरोना संक्रमित संख्या संगै नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय ५१ जनाको पीसिआर परीक्षण गरिएको हो । योसंगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ ।
मन्त्रालयका अनुसार मङ्गलबार देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ४२ जना क्वारेन्टिनमा छन् ।
गत २४ घण्टामा ५ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।