बाँकेका थप ८ जनामा कोरोना संक्रमण


बाँकेका थप ८ जनामा कोरोना संक्रमण

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मङ्गलबार थप ८ जनामा कोरोना पुष्टि भएकोछ ।

बाँकेमा मङ्गलबार थपिएका कोरोना संक्रमितसंगै कुल कोरोना संक्रमित संख्या ४ हजार ४ सय ३८ पुगेको छ । जिल्लामा हाल संक्रिय संक्रमितको संख्या ९४ रहेको छ ।
केन्द्रका अनुसार मङ्गलबार कोरोना संक्रमित देखिनेमा ४ महिला र ४ पुरष गरि थप ८ जनामा संक्रमण पुष्टी भएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोशालाबाट १ जना गरि थप ८ जनामा संक्रमण पुष्टी भएको केन्द्रका सूचना अधिकारी तेज ओलीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा ४ महिला र ६ पुरुष गरि थप १० जनाले कोरोना जितेकाछन् । योसंगै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार २ सय ९६ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार जिल्लामा रहेका २ वटा कोरोना विशेष अस्पतालमा उपचाररत २१ जना संक्रमितको अवस्था सिकिस्त रहेको छ भने हालसम्म कोरोनाबाट बाँकेका ४८ जनाको मृत्यु भइसकेको छ ।