देशभर ४०९ संक्रमित थपिए


देशभर ४०९ संक्रमित थपिए

नेपालगन्ज : नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पीसिआर परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ४२ जना क्वारेन्टिनमा छन् ।

गत २४ घण्टामा ४ सय ९५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।