बाँकेका थप १२ जनामा कोरोना पुष्टि


बाँकेका थप १२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा थप १२ जाना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार ५ मलिा र ७ पुरुष सहित बाँकेका थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ७ जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ जना गरि १२ जनामा कोरोना पुष्टि भएकोछ । योसंगै बाँकेमा कुल कोरोना संक्रमित संख्या ४ हजार ४ सय ५० पुगकोछ ।

केन्द्रका अनुसार बुधबार बाँकेका २ जना संक्रमित निको भएका छन् । यसरी हालसम्म जिल्लाका कुल ४ हजार २ सय ९८ जना निको भइसकेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै केन्द्रका अनुसार बाँकेमा हालसम्म १०४ जना सक्रिय संक्रमित हुदाँ बाँकेका ४८ जना तथा बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ८० जना सहित कुल १२८ जनाको मृत्यु भइसकेकोछ ।