४ जना कोरोना संक्रमितको मृत्यु हुदाँ ४१२ संक्रमित थपिए


४ जना कोरोना संक्रमितको मृत्यु हुदाँ ४१२ संक्रमित थपिए

नेपालगन्ज : नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा ४ सय १२ जना थपिएका हुन् ।

मन्त्रालयका अनुसार बिहीबार थपिएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पीसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ४२ जना क्वारेन्टिनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।