पूर्ण खोपयुक्त नगर घोषणाको तयारी


पूर्ण खोपयुक्त नगर घोषणाको तयारी

नेपालगन्ज : नेपालगन्जलाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ ।

पुर्ण खोप घोषणालाई अन्तिम रुप दिनका लागि खोप तथा सरसफाई प्रबद्र्धन कार्यक्रमको समिक्षा, सुक्ष्म योजना अध्यावधिक र खोप समन्वय अभिमुखिकरण बिहिवार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले यहि फागुन भित्र बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको जानकारी दिए ।
फागुन १० गते भित्र वडा, १५ भित्र पालिका र ३० गतेभित्र स्थानीय तहलाई पुर्ण खोप घोषणा गर्ने उनँको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले नगरमा भौतिक विकासँगै सामाजिक विकासलाई एकसाथ लैजानुपर्ने बताए । उनले कोभिड–१९ को खोप निकट भविष्यमा आउने भएकाले अहिलेदेखि नै मानसिक रुपमा तयारी हुन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नगरलाई पूर्ण खोप घोषणाका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताए ।

वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्राले नगरमा स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यकता अनुसार दरबन्दी हुनुपर्नेमा जोड दिए ।