नेपालगन्ज : बाँकेमा थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट २ जना र बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ जना गरि १३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
बिहीबार थपिएका संक्रमितसँगै बाँकेमा कुल कोरोना संक्रमित सँख्या ४ हजार ४ सय ६३ पुगेको छ । बिहीबार नै बाँकेका १८ जना डिस्चार्ज भएका थिए । योसंगै बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ३ सय १६ पुगेकोछ ।