निर्मलालाई न्याय माग्दा तीन घण्टा थुनियो


निर्मलालाई न्याय माग्दा तीन घण्टा थुनियो

नेपालगन्ज : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्न भन्दै प्रधानमन्त्रीलाई भेट्न पुगेका युवा युवतिलाई प्रहरीले पक्राउ गरि थुनिएको छ ।

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री ओलीले सम्बोधन गरेको सभामा सहभागी ती युवाहरुलाई प्रहरीले पक्राउ गरि थुनेको हो ।

शुक्रबार निर्मला पन्तको न्यायका लागि भन्दै निर्मला पत्नको स्टिकर सहितको टि–सर्टमा आएका ७–८ जना युवा युवतिलाई २ बजे प्रहरीले पक्राउ गरेको थियो ।

नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।

उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले पुष्टि गरे । उनीहरुलाई प्रधानमन्त्री ओली काठमाडौं पुगेपछि मात्रै छोडिएको प्रहरी श्रोतले जनाएको छ ।