नेपालगन्ज। बाँकेकाे नेपालगन्जमा फेरि एकजना लागु औषधका कारोबारी पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको नेपालगन्ज कार्यालयका अनुसार उनि भारतीय नागरिक हुन्।
ब्युरोका अनुसार भारततर्फबाट आउँदै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न भनेका थिए।
राति १०:४५ बजेतिर भारततिरबाट नेपालगन्ज प्रवेश गर्दै गरेको एउटा मोटरसाइकल रोक्न नमान्दा प्रहरीले चेतावनी दिँदै हवाइ फायर गरेको थियो।
ब्योरोका सह(प्रवक्ता जीवन निरौलाका अनुसार ब्यूरो कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको टोलीले भारत उत्तर प्रदेशको बहराइच जिल्ला रूपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदीन राईलाई १०३।७९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
उनि मोटरसाइकलबाटै भाग्न खोजेपछि प्रहरीले मोटरसाइकलको टायरमा गोली हानेको थियो। प्रहरीले लागुऔषधसँगै उनि चढेको यूपी ४० जे ०६५७ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
थप अनुसन्धानका लागि ब्यूरोले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको छ।
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो