नेपालगन्ज : नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय ६९ जनाको पीसिआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित छन् ।
शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ३८ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।