नेपालगन्ज : देशभर ३ सय ६२ कोरोना संक्रमित थपिएदाँ थप ३ जनाको मृत्यु भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पीसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन् ।
नेपालमा पीसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ । सोही अवधीमा ६९९ संक्रमित निको भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ । हाल २ सय ६२ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार ४ हजार ६८१ जना आइसोलेसनमा छन् ।